Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

अनलाइन विचार,
गौरादह, १४ माघ । गौरादह नगरपालिका १ मा जेष्ठ नागरिक संघ दिवा मिलन चौतारी भवन धमाधम निर्माण भैरहेको छ ।

जानकिश्वर सिवालय मन्दिर तथा जानकिश्वर गुरुकुल विद्यालय परिसरमा मांसिर २७ गते शिलन्यास गरिएको निर्माणाधिन जेष्ठ नागरिक मिलन चौतारी भवन निर्मार्ण छानो ढलाइको चरणमा पुगेको छ ।

५२६ बर्ग फिट क्षमताको सो भवन निर्माण सम्पन्न भएपछि दैनिक भेला भएर भजन किर्तन गर्ने जेष्ठ नागरिकहरुलाई सहज हुने निर्माण समितिका संयोजक खगेन्द्र कार्कीले बताउनु भयो ।

मंसिरमा सम्पन्न गरिएको ११ दिवशीय शिव महापुराणबाट संकलित ७ लाख ८० हजार तथा दिवा भजन किर्तनमा दैनिक उपस्थित हुने जेष्ठ नागरिकहरुबाट १ लाख ५७ हजार बाट सो भवन निर्माण सुरु गरिएको संयोजक कार्कीले प्रस्ट्याउनु भयो ।

निर्माणधिन सो भवन एयर कण्डिसन सहितको जेष्ठ नागरिक मैत्री सुविधा सम्पन्न हुने जानकिश्वर गुरुकुल विद्यालयका संस्थापक अध्यक्ष सुरेश बहादुर पौडेलले बताउनु भयो ।

भवन निर्माणका लागि रकम अभाव हुन नदिन गुरुकुलका संस्थापक अध्यक्ष पौडेलको नेतृत्वमा समितिका महासचिव देबेन्द्र खड्का सहितको टोली सक्रिय रहेको जेष्ठ नागरिक संघ दिवा सेवा समितिका संयोजक लक्ष्मी प्रसाद दुलालले बताउनु भयो ।

नवनिर्मित भवनमा पञ्च देवताको मुर्ति राखिनुका साथै जेष्ठ नागरिकहरुलाई भजन कृतनमा आवश्यक पर्ने संगितिक बाद्यबादन हार्मोनियम, मादल, झ्याली, मुजुरा, तबेला लगायतका सामग्री राखिनुका साथै धार्मिक पुस्तकहरु १८ पुराण ग्रन्थ लगाएल समेत राखिने आयोजकले घोषणा गरेको छ ।

जेष्ठ नागरिकको अगुवाइमा पुषको पहिलो हप्ता पुराण सम्पन्न गरेको समितिले यति चाँडो भवन निर्माण अम्तिम चरणमा पुर्याउनु उदहारणीय कार्य भएको स्थानीय जयबहादुर कार्की बताउनु हुन्छ । अरु संघसंस्थाहरुले पनि निर्माणको काम उचित समयमा नै सम्पन्न गर्न जेष्ठनागरिकबाट सिक्न आवस्यक छ ।

तपाईको प्रतिक्रिया