Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, १३ माघ २०७८। कमलनगर जेसिज वर्ष २०२२ को अध्यक्षमा नारायण बस्नेत निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न ७औं साधारणसभाबाट बस्नेत अध्यक्षमा सर्वसम्मतका आधारमा निर्वाचित हुनुभएको हो । बस्नेत कमल जेसिजमा २०१७ सालदेखि सक्रिय हुँदै आउनुभएको हो । २०१७ मा सदस्य, २०१८ मा उपाध्यक्ष, २०१९ मा कार्यकारीणि उपाध्यक्ष, २०२० मा उपाध्यक्ष, २०२१ मा प्रमुख सल्लाहकार र २०२२ मा अध्यक्ष बन्न सफल हुनुभएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यसैगरी कार्यकारीणि उपाध्यक्षमा देवराज भण्डारी (महेश) र विद्या सापकोटा(मिलन) निर्वाचित भएका छन् भने उपाध्यक्षमा हरि अधिकारी, रोशन गौतम, प्रभात मण्डल र लोक बहादुर खड्का निर्वाचित भएका छन् । त्यसैगरी तालिम निर्देशकमा मनिसा कठायत र जनसम्पर्क अधिकारीमा दिनेश चौहान निर्वाचित भएका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया