Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

अनलाइनविचार संवाददाता
गौरादह, १२ माघ २०७८ । झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट एक जना व्यक्तिको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परि मृत्यु हुनेमा दमक नगरपालिका-३ रनधौज चोक बस्ने ६३ वर्षीय गणेश प्रसाद अधिकारी रहेका छन् ।

मृतक अधिकारीलाई मंगलबार (हिंजो) राति अन्दाजि सवा ९ बजे हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । कुलोमा पानी लगाउन जाने क्रममा अचानक आक्रमण गरी लछारपछार गर्दा घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त हात्ती जंगल तर्फ नै गएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया