Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १० माघ २०७८ । सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ ।

सोमबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।

यसअघि माघ ७ गते पनि न्यायाधीशहरु भट्टराई, मल्ल र सुवेदीको पूर्ण इजलासले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको थियो ।

२०७८ असोज १ गते शिवहरि दाहालसमेतद्वारा लोकसेवा आयोगसमेतविरुद्ध दायर रिट, कात्तिक ५ गते इन्द्रकमल शिवाकोटीद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विरुद्ध २५ वटा मुद्दा एकै ठाउँमा राखेर हेरिँदै छ ।

शिवहरि दाहाल, अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ ।

यससँगै पुस २९ गतेबाट एकसात सुनुवाइ सुरु भएको थियो । मुद्दामा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।

 

तपाईको प्रतिक्रिया