Online Bichar
शनिबार, माघ ०५, २०८१ | Saturday, January 18, 2025

गौरादह, ७ माघ २०७८ । झापाको बिर्तामोडबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-१० का २३ वर्षिय सुदिप ठकुरी सोही ठाउँकी २३ वर्षिया उषा राई र बुद्धशान्ति गाउँपालिका४ का २७ वर्षिय पुर्णलाल लिम्बु रहेका छन् ।

उनिहरुलाई बिहिबार (हिजो) बिर्तामोड नगरपालिका-४ को सगरमाथा टोलबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा ५ ग्राम ब्राउनसुगर बरामद गरेको जनाइएको छ । पक्राउ परेका ३ जना माथि आवश्यक अनुसन्धान तथा कानुनि कार्यवाहीको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । उनिहरुलाई झापा जिल्ला अदालत बाट म्याद थप गरि कानुनि प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया