Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

बारा, २ माघ २०७८ । बाराको आदर्श कोतवाल गाउँपालिका-७ कोतवालीकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोतवाल गाउँपालिका-८ का ४० वर्षीया शान्तिदेवी कानु र उनका २० वर्षीय छोरा सन्तोष साह कानु छन् ।

शान्तिदेवीलाई दसी प्रमाण लुकाएको र सन्तोषमाथि बालिका बलात्कार गरी हत्या गरेको आरोप लागेकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

मंसिर २५ मा गोठालो गएकी बालिका पानी खान सन्तोषको कुखुरा फर्ममा जाँदा बलात्कारपछि हत्या गरी जमुनी खोलामा फालेको आरोप उनीहरुमाथि लागेको छ । बालिकाको शव २७ गते प्रहरीले भेट्टाएको थियो । शव खोज्न प्रदेश प्रहरी कार्यालयबाट ल्याइएको तालिम प्राप्त कुकुरको सहारा लिइएको थियो ।

 

तपाईको प्रतिक्रिया