Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, २ माघ २०७८ । झापामा बेवारीसे अवस्थामा सखुवा जातको काठ बरामद गरीएको छ । आइतबार(आज) अन्दाजी १२ बजेको समयमा झापा बुद्धशान्ति गाउँपालिकाबाट बेवारिसे अवस्थामा रहेको सखुवा जातिको काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी नायब निरिक्षकको टोलीले बुद्धशान्त गाउँपालिका-१ स्थित दामा खोलाबाट अन्दाजी ४७ कि.बि सखुवा जातको गोलियाका काठ बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ ।

बरामद गरीएको काठ श्री रोङ सव डिभिजन वन कार्यालय ईलामलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया