Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाण्डौ, २ माघ २०७८ । प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

यसअघि भोलि दिउँसो एक बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना सङ्क्रमण जोखिमको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव डा।भरतराज गौतमले आज सूचना निकालेर कोरोना सङक्रमण जोखिमका कारण माघ तीन गतेका लागि बोलाइएको बैठक माघ १६ दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिनुभएको हो ।

भोलि बोलाइएको राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया