Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ३० पुष २०७८ । प्रतिबंन्धित लागू औषध गाँजा र ब्राउन सुगर सहित हिजो र आज गरी दमकबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-३ बेलडागी शिविरका २३ वर्षका राजन तामाङ, ईलाम माङ्सेबुङ-२ का दिपेद्र राई र सोही स्थानका नुवसन मुखिया पक्राउ परेका हुन् । आज दिउँसो दमक नगरपालिका-२ हुम्से-दुम्से सामुदायिक जंगलमा मे ३ प ५६६२ नम्बरको मोटरसाईकलमा सवार २ जनाले प्रहरीलाई देखि भागेपछि प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरीको टोलीले मोटरसाईकल चेकजाच गर्दा उनिहरुको साथमा रहेको २ वटा झोलामा १२ केजी गाँजा र ६ ग्राम २६० मिलिग्राम चरेस फेला पारी मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

यस्तै, हिजो पक्राउ परेका तामाङलाई विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय, दमकबाट खटिएको प्रहरीको टोलिले शिविरबाटै १४६ वटा स-साना प्लास्टिकको पोकामा ९ ग्राम ब्राउन सुगर सहित फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ जनालाई ईलाका प्रहरी कार्यालय, दमकमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया