Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरीगंज,२८ पौष । झापाको गौरीगञ्ज नगरपालिका -३ ठेकिटोलमा नेचुरल फिस एण्ड मिट प्रा.लि. ले लाली गेउरिया देखि खानेपानी आयोजना सम्म जाने सडक भत्काएपछि आवतजावतमा समस्या हुँदा स्थानीयहरु आक्रोशित भएका छन्।

वडा नं -३ को वडा कार्यलयले ग्राभेल गरी बनाएको सडक नीजि कम्पनी कृषि उद्यमीले जग्गा सम्याउने बाहानामा नामनिसाना नरहने गरी सडक भत्काउदा आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ। ठेकिटोलाको रिमाल टोलमा सञ्चालित नेचुरल फिस एण्ड मिट प्रा लि ले कृषि फारमका लागि जग्गा सम्याउने नाममा लाली गेउरिया तरेर खानेपानी आयोजना जाने ग्राभेल सडक नामनिशाना नरहनेगरी भत्काएका हुन।

खानेपानी आयोजना समिति र गौरीगंज गाउँपालिका वडा नँ ३ को वडा कार्यलयको संयुक्त लगानीमा २ बर्ष अघि सडक ग्राभेल गरिएको थियो ‌।प्रा लि ले सडक भत्काएको माटो फाल्दा लाली गेउरिया खोला थुनिएको छ भने कम्पनीले जग्गा समेत अतिक्रमण गरेको स्थानीयको भनाइ छ।

ठेकिटोल खानेपानी उपभोक्ता समितीका अध्यक्ष केदार ढुँगेलले सडक नभत्काउन आग्रह गरेका थिए। सडक भत्काउदा जनतालाई आवतजावतमा समस्या हुने भएकाले सडक नभत्काउन अनुरोध गरेपनि प्रा लि ले अटेर गरि भत्काएको बताएका छन् । प्रालिले खानेपानी समिति सँग समन्वय नगरी सडक भत्काएको र रोक्न आउदा समेत नटेरेको उनको भनाइ छ।ठेकिटोलाबाट बैगुनधुरा जोड्ने सो सडक बर्षौ देखि स्थानीयहरुले प्रयोग गर्दै आएकाले वडा नं -३ को वडा कार्यालयले दुइ बर्ष अघि ग्राभेल गरिदिएको स्थानीय हेमलाल गड्तौलाले बताए।खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष ढुँगेलका अनुसार लालि गेउरिया पुर्व दमक निवासी पुर्णमल अग्रवाल र पथरी निवासी हर्क राईले खानेपानी आयोजनाका लागि त्यस स्थानमा ७ कट्ठा जग्गा निशुल्क दान दिएका थिए।

खानेपानी आयोजना स्थल जोड्ने सडक हर्क राईको नम्बरी जग्गा रहेपनि राईले मौखिक रुपमा बाटो प्रयोग गर्न सहमति दिएपछि सो स्थानमा खानेपानी आयोजनाको भवन निर्माण गरिएको बताए ‌। खानेपानी आयोजना को भवन निर्माण भइसकेपछी आसपासको जग्गा राईले नेचुरल फिस एण्ड मिट प्रा लि लाई बिक्री गरेको उनको भनाइ छ।प्रा लि ले वडा कार्यालय लाई समेत जानकारी नदिई वडा कार्यालयले बनाएको सडक भत्काएकोमा गुनासो गरेका छन्।जग्गाका सधियार स्थानीय रमेश वाग्लेले प्रालिका सञ्चालकहरुले सधियारहरु सँग समेत नसोधी मानोमानी ढंगले साँध सिमाना मेटाउने र सधियारहरुको जग्गा समेत अतिक्रमण गरी रहेको बताएका छन ।

स्थानीय निलहरी काफ्लेले प्रा लि का सञ्चालकहरुले लालि गेउरिया अतिक्रमण गरि गाउँनै डुवानमा पार्ने प्रपञ्च गरेको बताए। गत वर्ष प्रालिले खोला थुनेको र सो बाट गाउँ नै डुबानमा परेको समयमा नदि खुलाउन वडाध्यक्षलाई गुहार्नु परेको गुनासो गरेका छन ।

स्थानीय युवा सुशील राईले प्रालिको हेपाई प्रवृत्तिको कामले गर्ला स्थानीयहरु समेत हैरान भएको बताए।प्रालिले मनोमानी ढंगले काम गर्ने थालेपछी खानेपानी आयोजना उपभोक्ता समिति र स्थानीयहरुले वडा कार्यालयमा छुट्टाछुटै उजुरी दर्ता गराएका थिए ।

उजुरी पछी वडा नं ३ का वडाध्यक्ष मखना महतोको रोहबरमा खानेपानी आयोजनाका पदाधिकारी, स्थानीय र प्रालिका सञ्चालक सागर न्यौपाने बिच छलफल चलाइएको थियो । छलफलमा सहभागी स्थानीयहरुले प्रालिले भत्काएको सडक तुरन्त बनाइ दिन माग गरेका थिए ।

तपाईको प्रतिक्रिया