Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २५ पुस २०७८ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

अन्तिम नामवलीसँगै आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, नेकपा (एकीकृत समाजवादी)लाई कलम, नेकपा एमालेलाई सूर्य, जनता समाजवादी पार्टी ९जसपा०लाई ढल्केको छाता, नेपाली काँग्रेसलाई रुख चिन्ह प्रदान गरिएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई साइकल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।

यसैबीच आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न सोमबारबाट लागु हुने गरि निर्वाचन आचारसंहिता समेत जारी गरेको छ ।

आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले जनाएको छ । यसअघि राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।

निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलले सिट भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

तपाईको प्रतिक्रिया