Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

झापा, ६ पुस २०७८ । झापाको बिर्तामोड नगरपालिका– १ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षी–१० का ४० वर्षीय यामनाथ राय रहेका छन । पूर्व पश्चिम राजमार्गमा मे १ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर ३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया