Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ६ पुस २०७८ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले सरकार सबै जनताको साझा रहेको भन्दै सम्पुर्ण जातजातिको भाषा, धर्म, संस्कृति, जात आदि सबैको संरक्षण गर्नुपर्ने दायित्व सरकारको रहेको बताउनुभएको छ । दमक नगर ईसाई समाजको आयोजनामा आज(मंगलबार) दमक-८ को कस्मिक पार्टी प्यालेसमा गरिएको ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा सबैलाइ ख्रीष्टमसको शुभकामना दिँदै सो कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री राईले नेपालको संविधानले व्यवस्था गरे अनुसार धर्म निरपेक्ष मुलुक रहने, सबैलाई धर्म, आस्थाको स्वतन्त्रता हुने, धार्मिक समानता हुने भनिएकोले मानिसहरु नास्तिक पनि हुन पाउने बताउनुभयो । यस्तै विभिन्न धर्म अवलम्बन गरेकाहरुले पनि एक अर्कालाई अब होच्याउने, कानुनले वर्जित गरेका कार्यहरु गर्ने, देश जनता मानवलाई हानि पुर्याउने कामहरु गर्न नपाइने बताउनु भएको छ । तर इतिहासलाई हेर्ने हो भने र अहिलेको संविधानले यस्तो व्यवस्था गरेता पनि व्यवहारमा अहिले पनि विभेदको अन्त्य नभएको बताउनुभयो ।

अब राज्यले पनि विभेदलाई अन्त्य गर्ने दिशामा पाइला चाल्नुपर्ने बताउनु भएको छ । जसअन्तर्गत लैंगिक, धार्मिक, भाषिक, सांस्कृतिक, आर्थिक, क्षेत्रिय हिसाबले पनि सबैलाई बराबर बनाउने तर्फ लाग्नु पर्ने बताउनुभयो । शहरमा मात्र वजेट दिने कार्यले गर्दा कुना कन्दरामा बस्ने मानिसहरु बसाई सरेर अन्यत्र जाने अवस्था गर्न नहुने बताउनुभयो । हिंजो जे जे भयो तर अब का दिनमा राज्यले समाजवादलाई बराबरी बनाउने नीति बनाएर सोहि अनुसारको कार्यक्रम लिएर अघि बढ्ने कार्य तर्फ लाग्नुपर्ने बताउनुभयो । यी कुराहरुमा केहि समय लागेता पनि तिव्र रुपमा पाइला चाल्नुपर्ने बताउनुभयो । यस्तै, कार्यक्रममा इसाइ समाजका तर्फबाट मृत्यु संस्कारका लागि लास दफनाउने खालि जमिनको व्यवस्था गर्नका लागि आग्रह गरिएको कुरालाई मुख्यमन्त्री राईले यस कुरामा आफ्नो ध्यान गएकोले प्रदेश १ सरकारले यसको लागि कोसिस गर्ने बताउनुभएको छ ।

त्यस अवसरमा कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रदेश १ ईसाई समाजका अध्यक्ष पाष्टर विक्रम वर्णबास येक्तेन लिम्बुले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नभएको थियो । यस्तै, ईटहरी ब्यप्तिष्ट चर्चका पाष्टर दानियल सुब्बाले मुक्तिदाता प्रशु येशु ख्रीष्टको जन्मोत्सवको अवसरमा खीष्टमसको सन्देस दिनुका सार्थ बाइबलको प्रवचन पनि सुनाउनुभएको थियो । नेपाल भर ३० लाख ईसाई धर्मावलम्बी रहेको बताउनुभएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा दमक नगरपालिका का नगर प्रमुख रोमनाथ ओलीले राज्यले सबैको धर्म संस्कृतिको सम्मान गनुपर्ने बताउनुभयो । त्यसअवसरमा प्रदेश १ भित्रका पाष्टर, दमक नगरपालिकाका जनप्रतिनिधि, नेता, दमक उद्योग वाणिज्य संघ, मानव अधिकार संगठन, लायन्स क्लब, होटल व्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत गित, नृत्य र प्राथना प्रस्तुत गरिएको थियो । पाष्टर मेहरमान गिरी तथा पत्रकार सुमन कुरुम्बाङ्ग लिम्बुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया