Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

गौरीगंज, ३ पुस २०७८ । गौरीगञ्ज बहुमुखी क्याम्पस गौरीगंजले बिबिध कार्यक्रमका साथ स्थापनाको ३० औँ बार्षिकोत्सव मनाएको छ । क्याम्पसको बार्षिक उत्सव मनाउन एक हप्ता अगाडि देखि कार्यक्रम संचालन गरि शुक्रबार बिधिवत रुपमा समापन गरिएको छ। बार्षिकोत्सव समापन समारोहमा क्याम्पस प्रमुख सर्बतलाल राजवँशीले क्याम्पसको बार्षिक आय व्यय तथा प्रगति बिबरण प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा क्याम्पस प्रमुख राजवँशीले गौरीगञ्ज क्याम्पसमा स्नातकोत्तर तह एमएड सम्मको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी गराए।क्याम्पस को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै क्याम्पस प्रमुख राजवंशी ले एमएड सम्मको कक्षा सञ्चालन गर्न क्याम्पस ब्यबस्थापन समिति ले निर्णय गरिसकेको र त्रिभुवन विश्वविद्यालयबाट एमएड संचालनका लागि सुचना जारी भएपछि प्रकृया अघि बढाउने बताए ।बार्षिकोत्सव समापनको अवसरमा रामला गोल्छा धापोदेबी ट्रष्टका तर्फबाट क्याम्पसका उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई नगद छात्रवृत्ति प्रदान गरिएको थियो ‌।

ट्रष्टका तर्फबाट गोल्छा अर्गनाइजेसनका प्रतिनिधि सन्तोष शर्मा तथा प्रमुख अतिथि हिक्मत कुमार कार्कीले क्याम्पसमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका थिए। क्याम्पसको ३० औ वार्षिकोत्सवको अवसरमा गरिएको हाजिरी जवाफ, खेलकुद, गीत, नृत्य तथा साहित्य लगायत बिभिन्न बिधामा बिजेता बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।गौरीगञ्ज गाउँपालिका अध्यक्ष समेत रहेका क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज बहुमुखी क्याम्पसमा अध्यानरत बिद्यार्थीहरुका लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिदिने बताएका छन।अध्यक्ष बाबुराजा श्रेष्ठले बार्षिक उत्सवको अवसरमा अक्षयकोष स्थापनाका लागि पहिलो चरणमा रु ५१ हजारको चेक हस्तान्तरण गरेका छन।गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि श्रेष्ठले यश आर्थिक बर्षमा रु १ लाख १६ हजार ९ सय ४० रुपैंया प्रदान गरेका थिए । अध्यक्ष श्रेष्ठले सो रकम गाउँपालिकाबाट आफुले पाउने तलब सुविधाबाट बिद्यार्थीहरुलाई प्रदान गरिएको जानकारी गराए। क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा बार्षिक उत्सव सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश न.१ का प्रदेश सभा सदस्य हिक्मत कार्कीले दक्षिणी क्षेत्रमा रहेका पुल कल्भर्ट र सडका समस्या चाँडै सामधान गरिने बताएका थिए।क्याम्पस सञ्चालक समितिका सदस्य विष्णु न्यौपाने स्वागत मन्तव्य मन्तब्य राखेका थिए। नेकपा एमाले गौरीगञ्जका अध्यक्ष गोविन्द कुँवरले किस्नी , रतुवा र लेरा पुल निर्माण नहुँदा बिद्यार्थीहरुलाई क्याम्पस आउन जान कठिनाइ भएकाले पुल चाँडो निर्माणका लागि पहल गरिदिन प्रमुख अतिथि कार्की लाई ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया