Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १ पुस २०७८ । नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार सकिएको ममतगणनाले कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा। शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् । पदाधिकारीमा महिलाको उपस्थिति कमजोर रहेको भन्दै उनले भोलिका दिनमा निणरयक तहमा महिला सहभागिता बढाउन पहल गर्ने बताइन् । उनले अघि भनिन्, पदाधिकारीमा हामीले एक तिहाई हुनुपर्छ भन्ने माग हिजो पनि थियो, आज पनि छ ।’

महिलाहरुलाई कोटा मात्र होइन, खुलामा लड्न र जित्न सक्ने बताउन पहल गर्ने समेत बताइन् ।

अघिल्लो पटक खुलातर्फ केन्द्रीय सदस्यमा लडेकी उनले यो पटकका लागि महिलातर्फ उम्मेदवारी दिएको बताइन् । नवनिर्वाचित सहमहामन्त्री उपाध्यायले भनिन्, भोलिका दिनमा म कोटामा उम्मेदवारी दिन्नँ, खुलामा नै जान्छु ।’

 

तपाईको प्रतिक्रिया