Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

काठमाडौं, २२ मंसिर २०७८ । कोरोना (कोभिड-१९)को ‘ओमिक्रोन’ भेरियन्टबाट हुन सक्ने संक्रमण नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु कोभिड बीमा अनिवार्य गर्न सर्कुलर जारी गरेको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली तथा विदेशी वायुसेवाले ७ दिनभित्र यात्रुहरुको प्रति व्यक्ति ५ हजार डलरको यात्रा बिमा गर्न सर्कुलर जारी गरेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न दुई नेपाली र १८ विदेशीसहित २० वायुसेवाले अनुमति लिएका छन् ।

यीनलाई प्राधिकरणले नेपालकै कम्पनीबाट यात्रुको कोभिड बिमा गर्नुपर्ने भनेको छ । यो बिमाले यदि कुनै उडानमा नेपाल आएका वा जाँदै गरेका यात्रुमा कोभिड देखिएमा १४ दिनको होटल क्वारेन्टाइन तथा अस्पताल भर्ना हुनुपर्ने अवस्था आइपरेमा उपचार खर्च पनि ब्यहोर्ने छ ।

यो नियम १५ मंसिर –२९ गतेदेखि अनिवार्य लागू हुने छ । केही विदेशी वायुसेवाले भने यो नियम अनिवार्य गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया