Online Bichar
शनिबार, माघ ०५, २०८१ | Saturday, January 18, 2025

झगेन्द्र खडका
गौरादह, २२ मंसिर २०७८ । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन मा.वि. को विद्यालय क्याप्टेनमा बिकाश खरेल र आशिका भुजेल निर्वाचित भएका छन। सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार खरेलले निकर्तम प्रतिद्वन्दी मनिस खड्कालाई ४ सय ६१ मतको फराकिलो मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन।

निर्वाचन प्रमुख सुजल भेटुवालले घोषणा गरेको मतपरिणाम अनुसार खरेलले ५ सय ५७ र खडकाले १ सय १६ मत पाएका थिए। त्यसै गरि छात्रा तर्फ आसिका भुजेलले निकर्तम प्रतिद्वन्दी निकिता कार्कीलाई ५७ मत अन्तरले पराजित गर्दै निर्वाचित भएकि छन। अन्तिम मत परिणाम अनुसार भुजेलले ३ सय ३४ र कार्कीले २ सय ७७ मत पाएका थिए।क्याप्टेनमा छात्र तर्फ ३ जनाको उमेदवारी परेकामा बाबुराम हेम्रमले ६९ मत पाएका थिए। छात्रा तर्फ पनि ३ जनाको उमेदवारी परेकामा पुजा खत्रीले ७८ मत पाएकी थिइन।

सह-क्याप्टेनमा छात्र तर्फ ३ जनाको लागि छ जनको उमेदवारी परेको थियो। सह-क्याप्टेनमा अभिषेक श्रेष्ठ,हिमाल बराल र बिस्वास पराजुली बिजय भएका छन।मत परिणाम अनुसार श्रेष्ठले ४ सय ३२ बरालले ४ सय १९ र पराजुलीले ३ सय ८० मत पाएका थिए। दिपेश श्रेष्ठले २ सय ८०, सबिन ढकालले २ सय ५६ र अनिश कार्कीले २ सय ४० मत पाई पराजित भएका छन।सह-क्याप्टेनमा छात्रा तर्फ ३ जनाको लागि ६ जनाको उमेदवारी परेको थियो। निर्वाचन प्रमुखका अनुसार खुशी राणा, क्रिसला कोईराला र अन्जना दनुवार बिजय भएका छन।

मत परिणाम अनुसार कोईरालाले ५ सय ६३ दनुवारले ३ सय ७७ र राणाले ३ सय ३० मत पाएका थिए। उषा पौडेलले ३ सय ७, प्रिया भट्टराईले २ सय ७७ र अन्जु थापाले १ सय ८९ मत पाई पराजित भएका छन। कक्षा ६ देखि १२ सम्मका बिद्यार्थीहरुले मतदान गरेका थिए। कुल ८ सय ७० मतदाता रहेकामा ७ सय ४६ मत खसेको थियो। क्याप्टेन र सह-क्याप्टेन निर्वाचन बिद्यालयका बिद्यार्थीहरुको सक्रियतामा सम्पन्न भएको थियो। निर्वाचन प्रमुख देखि मत गणना सम्म बिद्यार्थीहरुले गरेका थिएभने चुनाब चिन्ह राखेर निर्वाचन सम्पन्न भएको थियो। सामाजिक बिषयको पाठ्यपुस्तकमा भएको पाठको आधारमा बिद्यार्थीहरुलाई ब्याबहारिक ज्ञान दिदै नेतृत्व बिकाश र सहयोगको भावनाको बिकाश गराई संगठित भएर काम गर्न निर्वाचन गरिएको बिद्यालयका प्रधानाध्यापक बाबुराम भण्डारीले जानकारी गराए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया