Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १४ मंसिर २०७८ । झापाको दमकबाट जुवाजन्य तास खेलिरहेको अवस्थामा रकम सहित ७ जना मानिस पक्राउ परेका छन् । दमक नगरपालिका६ फागुनन्द चोकका पवन लिम्बुले संचालन गरेको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका-६ का ५० बर्षिय पवन लिम्बु, दमक-१ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक-२ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक-९ का ३५ बर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द-८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली-१ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे-१ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका छन् ।

हिजो बेलुकी साढे ४ बजे बिशेष सुचनाको आधारमा उनिहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु.१ लाख ५७ हजार र तीन बुङ तास सहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया