Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

अनलाइनविचार संवाददाता
गौरादह, १२ मंसिर २०७८ । झापाको कन्काईमा यात्रुबाहक बस दुर्घटना हुँदा १ जना मृत्यु भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कन्काई नगरपालिका८ को पुर्व पश्चिम राजमार्गको बिरिङग पुलमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना५ख ८०४१ नं. को बसको पत्ति भाँचिएर बस अनियन्त्रित भई पुलको उत्तर तर्फको रेलिङगमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार नाम थर ठेगाना नखुलेको अन्दाजी २५ वर्षका एक पुरुषको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ११ जनाको बि.एण्ड.सी अस्पताल बिर्तामोड र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ । घाइतेहरु मध्ये ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा ईलाम माई नगरपालिका७ कि ३४ वर्षिया बिमला लिम्बु, आमा ४९ वर्षिय रत्न माया राई, ईलाम४ कि ३७ वर्षिया कमला शेर्पा, छोरी ७ वर्षिया ईसु शेर्पा, कन्काई नगपालिका८ कि २८ दिपा गिरी, सुनसरी बराहक्षेत्र नगरपालिका ९ कि ३७ वर्षिया निशा चौहान, पथरी१ कि मनमाया श्रेष्ठ, सोही ठाउँका ३५ वर्षिय डिक बहादुर श्रेष्ठ, ४० वर्षिया अम्बिका श्रेष्ठ, बुद्धशान्ति ४ का ६० वर्षिय नर बहादुर दर्जि, ५८ वर्षिया डम्बर कुमारी दर्जि, अर्जुनधारा११ कि ३८ वर्षिया सुसिला चापागाईं, बिर्तामोड५ कि ४१ व्र्षिया पवित्रा खतिवडा, भारत सिलुगुडी बस्ने४७ वर्षिय बबलु बर्मन, ३३ वर्षिया मालति बर्मन, शिवसताक्षी१० कि २४ वर्षिया जानुका श्रेष्ठ, इलाम७ कि १७ वर्षिया तनुजा लिम्बु, असाम कि २८ वर्षिया ईन्दिरा गिरी, सोही ठाउँकी २१ व्र्षिया बिन्दु गिरी, अर्जुनधारा५ का ४८ वर्षिय बाल कृष्ण अधिकारी, बसका सहचालक सुनसरी रामधुनी नगरपालिका६ का २५ वर्षिय करण चौधरी र सुनसरी बराहक्षेत्र३ का २४ वर्षिय रहेका छन् ।

बसका चालक सुनसरी बराहा नगरपालिका३ का ३२ वर्षिय बाबुराम कार्की ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको जनाइएको छ । दुर्घटना सम्बन्धि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया