Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बिर्तामोड,१२ मंसीर २०७८ । नेपाली कांग्रेस झापाको सभापतिसहित पदाधिकारीमा दुबै प्यानल बीच कडा प्रतिस्पर्धा देखिएको छ । मंसिर १० गते भएको जिल्ला निर्वाचनको अझै मत गणना जारी रहेको छ । खसेको कूल ३ हजार ३ सय ११ मत मध्ये अहिलेसम्म शुरू देखि नै सभापतिका उम्मेदवार राम बहादुर कट्टेल अगाडी देखिएका छन् ।

निर्वाचन क्षेत्र न १,२,४ र ५ गणना हुदाँ सम्म कट्टेल समूहको सिंङगो टीमले अग्रता लिएको हो । तर आज बिहान देखि बाकी रहेको क्षेत्र न ३ को गणनाको १ सयको नतिजा आएपछि कट्टेल समूहमा मत कम खसेको हो ।

यस अघि २६ सय सम्मको गणना हुदा कट्टेलले ८५ मतले अग्रता लिएका थिए । ३ नम्बर क्षेत्रको १ सय गणना हुदा अव थेबे समूह अगाडी बढेको छ । कट्टेलले १ हजार ३ सय ९० ल्याउदा थेबेले १ हजार ३ सय ६१ ल्याएका हुन । अन्य पदाधिकारीमा थेबे पक्षधरको टीम अगाडी देखिन थालेको हो । थेवेसहितका उम्मेदवारले आफना प्रतिद्धन्दीलाई एक सयको हाराहारी मतान्तरले जित निकाल्ने अनुमान गरिएको छ ।

यो गणना क्षेत्र कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो । सिटौलाबाट नै उम्मेदवार वनेका थेवेसहितका उम्मेदवारले यहाँबाट फराकिलो मत प्राप्त गर्ने अपेक्षा थेवे समूहले गरेको छ । यद्यपि १ सय मतको गणनाले समेत अव थेवे प्यानलले आफना प्रतिष्पर्धीलाई पछि पार्ने संभावना बढेर गएको छ । क्षेत्र न। ३ मा ६४० मत छन् । त्यहाँको मतगणना १ वजे भित्रमा सार्वजनिक भईसक्ने निर्वाचन समितिले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया