Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौँ, १० मंसिर २०७८। चिनियाँ रेडक्रसले बाढी प्रभावितको घर पुनर्निर्माणका लागि नेपाललाई १ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार सो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सहयोग गरिने भएको हो ।

चिनियाँ जनता नेपाली जनताको पक्षमा उभिने र विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने, विपद् रोकथाम तथा न्यूनीकरणमा नेपाली पक्षसँग सहकार्य गर्ने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाललाई मानवीय सहायतामा सघाउन तयार रहेको बताउँदै चीनले दुःख र शोक बाँड्ने प्रतिबद्धतासमेत जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया