Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १० मंसिर २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल मिलेर मुलुकको संविधान बनाएकाले अव सबै मिलेर देश बनाउनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित नेकपा ९एमाले० को दशौं महाधिवेशनमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । सो अवसरमा उहाँले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । “सबै मिलेर संविधान बनाएका हौँ, अब देश बनाउन पनि सबै मिलेर अघि बढौँ” उहाँले भन्नुभयो ।

ुकानुनी शासन, लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता र मुलुकको समृद्धिका लागि दलहरुको एउटै लक्ष्य हो र रहनुपर्छ, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “हामीबीच नीतिगत विषयमा रहेका विमतिहरुलाई संविधानमार्फत् निर्धारण गरेका विधिलाई सबैले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।” हरेक समस्याको समाधान छलफल र संवादबाट हुने भन्नुहुँदै उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग जेलमा पनि सँगै बिताएकाले देश बनाउन पनि मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

देशको उपलब्धी, मूल्य र मान्यता स्थापित गर्नमा नेपाली काँग्रेस प्रतिवद्ध रहेको चर्चा गर्नुहुँदै काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले देशका सबै नागरिकलाई कोभिड खोप पुर्याउने लक्ष्यसाथ काम सरकारले गरिरहेको बताउनुभयो ।

ुदेशमा सुशासन, लोकतन्त्र र पारदर्शीता कायम गर्न सरकार अघि बढिरहेको र अघि बढ्ने सबैमा विश्वास दिलाउँछु, उहाँले भन्नुभयो । एमालेको दशौं महाधिवेशनको सफलताको प्रधानमन्त्री देउवाले शुभकामना व्यक्त गर्नुभयो

 

तपाईको प्रतिक्रिया