Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

गौरादह, १० मंसिर २०७८ । झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई भद्रपुर नगरपालिका(७ बोक्तोवारीबाट बिहिबार दिउँसो ४ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही स्थानका १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी, सोही स्थान ६ संगमटोल का २० बर्षीय राहुल ठाकुर, सोही स्थान ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोल का १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनिटोल का ३१ बर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ बर्षीय राज श्रेष्ठ रहेका छन ।

हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया