Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

गौरादह, १० मंसिर २०७८ । झापामा जंगली हात्तीको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । चिया बगानमा चिया टिप्ने क्रममा एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले अचानक आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त हात्ती चारआली जंगल तर्फ गएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया