Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

दमक, ६ मंसिर २०७८ । झापाको दमक नगरपालिका(२ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घर धनि ४० वर्षिय मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण प्रसाद शिवाकोटी, ३० बर्षीय बिनोद श्रेष्ठ, ३७ बर्षीय दिल बहादुर श्रेष्ठ, सोही स्थान ३ का ३४ बर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाऊपालिका ६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ३ बुङ तास र नगद रु। १ लाख २० हजार ५०० सहित पक्राउ गरेको हो । पक्राउ परेका छ जना उपचार थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया