Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

झापा, ५ मंसिर २०७८ । लोक सेवा आयोगले आइतबार उपसचिव लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि गत भदौमा लिइएको राजपत्रांकित द्वितीय श्रेणीको लिखितको परीक्षाफल प्रकाशित भएको हो ।

१३ जनाका लागि लिइएको लिखित परीक्षामा ९ सय ८५ जना सहभागी भएका थिए । तीमध्ये ४७ जना परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

प्रशासन सेवातर्फ खुला, महिला, आदिवासी जनजाति, मधेसी र दलित गरी ४७ जना लिखित परीक्षामा पास भएका हुन् । परराष्ट्र सेवातर्फ एक दलित पदका लागि भएको परी​क्षामा चारजना छनोट भएका छन् । सो पदका लागि १० जनाले परीक्षा दिएका थिए ।

न्यायतर्फ सरकारी वकिलका लागि खुला र आदिवासी जनजातिमा १७ जना सहभागी भएकोमा अन्तर्वार्ताका लागि ५ जना छनोट भएका छन् ।

न्याय, कानुनतर्फ एकजना आदिवासी जनजातिका लागि लिइएको एकजना मात्रै अन्तर्वार्ताका लागि छनोट भएका छन् । सो पदका लागि परीक्षामा तीनजना सहभागी थिए ।

न्याय सेवातर्फ नै न्यायमा खुला र महिला गरेर ५ जनाका लागि लिइएको परीक्षामा २२ जना सहभागी भएकोमा अन्तर्वार्ताका लागि ५ जना छनोट भएका छन् ।

छनौट भएका परी​क्षार्थीको अन्तर्वार्ता मंसिर २१ गतेदेखि २५ गतेसम्मका लागि तोकिएको लोक सेवा आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया