Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झगेन्द्र खड्का
गौरादह, ४ मंसिर २०७८ । नेपाली कांग्रेस १४ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं.५ क को प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट सभापति पदमा जीवन कुमार राई विजयी
भएका छन। शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार राई आफ्ना प्रतिस्पर्धीलाई ५३ मतले पछि पार्दै बिजय भएका हुन। मत परिणाम अनुसार राईले २ सय ४ मत पाए भने प्रतिस्पर्धी ज्ञानेन्द्र खत्रीले १ सय ५१ मत पाएका थिए।सभापति पदमा एक जनाको लागि दुई जनाको उमेद्वारी परेको थियो।

उपसभापति पदमा आत्माराम राजवंशी र पदम कुमार ढुङ्गाना बिजय भएका छन। मतपरिणाम अनुसार राजवंशीले २ सय १७ र ढुङ्गानाले १ सय ४८ मत पाएका थिए।उपसभापति पदमा ४ जनाको उमेदवारी परेको थियो। सचिब पदमा हेम चन्द्र घिमिरे र भिम अधिकारी बिजय भएका छन। घिमिरेले २ सय ९ र अधिकारीले २ सय ८ मत पाएका थिए। सचिब पदमा ३ जनाको उमेदवारी परेको थियो।

सह-सचिब पदमा ईन्दिरा देबि बिष्ट र राम बहादुर ढुङ्गाना बिजय भएका छन। बिष्टले २ सय ४६ र ढुङ्गानाले १ सय ९१ मत पाएका थिए। सह-सचिब पदमा ३ जनको उमेदवारी परेको थियो। प्रदेश सभा खुल्ला सदस्य तर्फ सात जनाको लागि १४ जनाको उमेदवारी परेको थियो। मत परिणाम अनुसार प्रकाश कार्कीले २४१, संजिब बहादुर कार्कीले २२३, किसोर पौडेलले २०१, खड्ग प्रसाद पराजुलीले १९३, कुमार कार्कीले १७७, पुन्य प्रसाद सिग्देलले १९१, सूर्यभक्त सिटौलाले १७३ मत सहित बिजय भएका छन।प्रदेश प्रतिनिधि महिला तर्फ गीता ढकालले २४०, दीक्षा कोईराला घिमिरेले १९३ र दिपा भण्डारी गौतमले १८९ मत सहित बिजय भएका छन। महिला तर्फ ५ जनाको उमेदवारी परेको थियो।

प्रदेश प्रतिनिधि जनजाति तर्फ दिदिराम राईले २०२ र बिरसिंह राजवंशीले २०९ मत सहित बिजय भएका छन।जनजाति तर्फ ३ जनाको उमेदवारी परेको थियो।प्रदेश प्रतिनिधि खस आर्य तर्फ लक्ष्मी देबि चिमरिया २३२ मत ल्याई बिजय भएकी छन।खसआर्यमा २ जनाको उमेदवारी परेको थियो। अल्पसंख्यक अपांग तर्फ रंजित चक्रवर्ती १७० मत पाई बिजय भएका छन। अल्पसंख्यक अपांग तर्फ २ जनाको उमेदवारी परेको थियो। त्यसैगरी प्रदेश सभा प्रतिनिधिमा होम दहाल, प्रदेश प्रतिनिधि दलितमा सुवास ठटाल, खसआर्यमा ईन्द्रामणी प्रसाईं र आदिवासी जनजातिमा बिष्णु माया लिम्बू सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत डिल्लीराम मिश्रले जानकारी गराए।

तपाईको प्रतिक्रिया