Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ३० कार्तिक २०७८ । ईलाका प्रहरी कार्यालय गौरादहका प्रहरी प्रमुख रमेश कुमार मेहता ११ महिना कार्यकाल पूरा गरि मंगलबार (आज) बिदाइ हुनुभएको छ । इलाका प्रहरी कार्यालय गौरादह र कार्यालय भवन निर्माण व्यवस्थापन समितिले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख मेहतालाई बिदाई गरेको हो । २०७७ पुष २६ गते बाट कार्यालयको जिम्मेवारी सम्हाल्नु भएका मेहता बिर्तामोड अनारमनीमा सरुवा हुनुभएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा पूर्व सांसद दिपक कार्की, गौरादह नगरपालिका नगर उपप्रमुख गिता भेट्वाल, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, बजार व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र थापा खड्ग, बुद्धीजिवि, जग्गादाता, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, विभिन्न राजनितिक दलका नेताहरु लगायतको उपस्थितीले बिदाइ गर्दै आगामी कार्यकालको शुभकामना दिएका थिए ।

यस्तै, सोही अवसरमा ईलाका प्रहरी कार्यालय गौरादह प्रमुखको जिम्मेवारी सम्हाल्न मेहताको ठाउँमा जिल्ला प्रहरी कार्यालय चन्द्रगढीबाट सरुवा भई आउनुभएका नयाँ प्रहरी प्रमुख रमेश वनलाई आज नै स्वागत गरिएको छ । नयाँ प्रहरी प्रमुख वनले आजदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्नुहँदै आफु रहुन्जेल गौरादहको शान्ति सुरक्षामा कुनै पनि कमि हुन नदिने बताउनुभएको छ । यस्तै, सामान्य घट्नालई स्थानीय निकाय समिती सँग सल्लाह गरी कानुनी कार्वाही गरीने बताउनुभयो ।

यस्तैगरी, प्रमुख मेहताले बिदाइ कार्यक्रममा आफुले गर्नुभएको प्रगति विवरणको मूख्य-मूख्य बुँदाहरुको बारेमा जानकारी दिनुहुँदै चोरीका घट्ना, अवैध रुपमा लुकाइ छिपाई ल्याइएका सामानहरु सम्बन्धित घट्ना, गौरादह-१ डिपु चौक मा चारैतिर घुमाएर हेर्न सकिने एकथान क्यामेरा जडान गर्न विशेष भुमिका निर्वाह गरेको, गौरादह-१ को जनता माध्यमिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १० कक्षाका विद्यार्थीहरुलाई साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम संचालन, कार्यालयको जिर्ण भई भत्केको मेस भवनलाई पुनः निर्माणको कार्य सम्पन्न, जुवा खेल्नेहरुलाई पक्राउ गरिएको, १ सय ५२ लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरि १५ जनालाई सुधार केन्द्र पठाएको लगायतको कार्य गरेको बताउनुभयो । २ वटा कर्तव्य ज्यान को घट्नामा पनि छोटो समयमा नै कर्तव्य गर्ने मान्छेलाई पक्राउ गरेको र अहिले कुनै पनि मुद्दा बाँकी नरहेको बताउँदै जुन स्थिति पहिला थियो अहिले त्यो नरहेको बताउनुभयो ।आफूले काम गर्ने क्रममा विभिन्न आरोप लागेको भएतापनि त्यो पुष्टी नभएको बताउनुभएको छ ।

कार्यक्रममा उपस्थित सबैले शुभकामना मन्तव्य राख्ने क्रममा उहाँको कार्यकालमा लागुऔषध, चोरी, डकैती, हिंसा लगायतका घट्नाहरु नियन्त्रणमा आउनुका साथै कुशल भुमिका निभाएको बताएका थिए । ईलाका प्रहरी कार्यालय गौरादह भवन निर्माण व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया