पाल्पा, २८ कार्तिक २०७८ । वर्षायाममा हुने क्षतिको पूर्वसूचना दिने अत्याधुनिक मौसमी राडार देशका विभिन्न स्थानमा जडान गर्ने काम अहिले तिव्र गतिमा भइरहेको छ । नेपालभर कभर गर्ने गरी पूर्वमा उदयपुर, मध्यमा पाल्पा र पश्चिमको सुर्खेतमा अत्याधुनिक मौसमी राडारको निर्माण भइरहेको हो ।
नेपालमा यसवर्ष वर्षामा पुर्वानुमानभन्दा फरकफरक स्थानमा बाढी पहिरोले ठुलो क्षति पु¥याएको छ । नेपालभरी लाई कभर गर्ने गरी क्षतिको पुर्व सूचना दिने अत्याधुनिक मौसमी राडार निर्माणको काम अहिले पुर्वमा उदयपुर, मध्यमा पाल्पा र पश्चिमको सुर्खेतमा भइरहेको छ । पाल्पाको रिव्दिकोट गाउँपालिका– ५ रिव्दिकोट डाँडामा १ हजार ८ सय ७७ मिटरको उचाईमा २० मिटर अग्लो टावर निर्माण भइरहेको हो ।
मौसमी राडार निर्माण पुरा भएपछि एक हप्तादेखि, अवको ३ घण्टापछिको सम्पुर्ण मौसम पुर्वानुमानको सूचना मौसम विज्ञानले दिनेछ । उदयपुर र पाल्पामा टावर निर्माण तथा अन्य पुर्वाधार निर्माणका कामहरु अन्तिम चरणमा पुगेको छ । अबको दुई महिनाभित्र मौसमी राडारका पुर्वाधार निर्माणका कामहरु सम्पन्न हुने निर्माण प्रतिनिधी दिपक चौरसियाले जानकारी दिनुभयो ।
पुर्वको उदयपुरमा राखिने मौसमी राडारले मेचीदेखि रौतहटसम्मको चौतर्फी भुमागमा कभर गर्ने, पाल्पाको मौसमी राडारबाट पुर्वमा रौतहट, काठमाडौ, पश्चिममा दाङ्ग, नेपालगञ्ज उत्तरमा धौलागिरी, अन्नपूर्ण र माछापुच्छ«ेसम्मको भुमाग कभर गर्ने र सुर्खेतमा राखिने मौसमी राडरले पुर्वमा दाङ र पश्चिममा महाकालीसम्मको भुभाग कभर गर्ने छ । यी तीन स्थानमा जडान हुने सि व्याण्ड मौसमी राडारले, जडान स्थानबाट चारै दिशाको २ सय किलोमिटर सम्मको हवाईदुरीमा काम गर्ने छ ।
पाल्पा र उदयपुरमा ग्लोवल टेण्डरमार्फत अमेरिकन ई ई सि कम्पनीले ४५ करोड रुपैयाँमा मौसमी राडार निर्माणको काम गर्दै आएको छ । तीनै वटा मौसमी राडार सञ्चालनमा आएपछि मौसमी पुर्वानुमान शतप्रतिशत सही हुने विभागको दावी छ । मौसम सम्वन्धी सही सूचना नपाउँदा यस वर्ष बाढी, पहिरो, भुक्षय र अत्यधिक वर्षाले ठुलो धनजनको क्षति भएको छ । मौसमी राडार सञ्चालनका लागि गाउँपालिकाले सबै किसिमको सहयोग गर्ने रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि।सी।ले बताउनुभयो ।
मौसमी राडारले पुरै देशको मौसमी अवस्थाको बारेमा पुर्वसूचना दिने हुँदा नागकिले समयमै सर्तकता अपनाएर क्षति हुनबाट बच्न सक्नेछन् । साथै कृषकले पनि घाम पानीबारे सही सूचना पाउँदा योजना अनुसार खेतबारीको काम गर्न सहज हुनेछ ।ईमेजखबरबाट साभार