Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, २६ कार्तिक २०७८ । गौरादह जेसीजको जेसीज सप्ताह-२०२१ सुरु भएको छ । आज(शुक्रबार)देखि सुरु भएको कार्यक्रममा सप्ताहको उद्घाटन तथा जेब्रा क्रसिङ्ग मार्किङ्गको कार्यक्रम गरिएको छ । जेसिज सप्ताहको पहिलो दिन आज गौरादह-३ स्थित सुर्योदय आ.वि र गौरादह-८ स्थित प्रगति मा.वि अगाडिको सडकमा जेब्रा क्रसिङ्ग मार्किङ्गको कार्यक्रम गरिएको कार्यकारिणी उपाध्यक्ष तथा मुल संयोजक-२०२१ जेसी प्रकाश भट्टराईले जानकारी दिनुभयो । सप्ताहको उद्घाटन गौरादह जेसीज वर्ष-२०२१ का अध्यक्ष एकराज घिमिरेले गर्नुभएको थियो ।

जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन कार्तिक २७ गते प्रस्तावना लेखन तालिम दिइने भएको छ । जसमा टोल विकास संस्था, महिला समूह र संघ संस्थामा आबद्ध रहेकाहरुलाई वडा नं. १ को सभाहलमा सो तालिम दिइने जनाइएको छ । यस्तै, कार्तिक २८ गते रक्त समूह पहिचान कार्यक्रम गरिने भएको छ । उक्त कार्यक्रममा गौरादह९ अमर मा.वि का ११ र १२ कक्षामा पढ्ने विद्यार्थीहरुलाई सहभागी गराइने जनाइएको छ । कार्तिक २९ गते महिला सशक्तिकरण तालिम दिइने भएको छ । सो कार्यक्रममा महिला समूह, जेसीजका महिलाहरु र विभिन्न संस्थाका महिलाहरुलाई वाड नं. १ को सभाहलमा तालिम दिइने छ । कार्तिक ३० गते असल बैठक सञ्चालन प्रणाली तालिम दिइने भएको छ । जस अन्तर्गत बैठक कसरी सञ्चालन गर्ने, बैठकका नीति नियमका बारेमा तालिम दिइने भएको छ । जसमा विभिन्न संघ संस्थाका प्रमुखहरुलाई नेपाल जेसिज वर्ष-२०२१का राष्ट्रिय उपाध्यक्ष सि.सुनिल तिम्सिनाले तालिम प्रदान गर्ने जनाइएको छ । यस्तै, मंसिर ३ गते जेसीज सप्ताह अन्तर्गत अन्तर मा.वि वक्तृत्वकला र समापन कार्यक्रम गरिने जनाइएको छ । जसमा गौरादह नगरपालिका भित्रका १७ वटा मा.वि बाट १/१ जना विद्यार्थीले सहभागिता जनाउनुपर्ने छ । वक्तृत्वकलाको शिर्षक भने, ‘परिवर्तनको सुरुवात म बाट’ राखिएको छ ।

यस्तै, सोहि दिन भानु जयन्तीको अवसर पारेर जेसीजले आयोजना गरेको अनलाइन कविता वाचन प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण गरिने जनाइएको छ । अन्तर मा.वि वक्तृत्वकला र समापन कार्यक्रम गौरादह-२ स्थित लायन्स क्लबको चिल्ड्रेन पार्कमा गरिने जेसी भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, प्रत्येक कार्यक्रममा संयोजकहरु वर्ष-२०२१ का उपाध्यक्ष र मुल संयोजक वर्ष-२०२१ का कार्यकारीणी उपाध्यक्ष रहने जनाइएको छ । कार्यक्रममा गौरादह ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी भोजराज चौंलागाई, पर्दाफास मिडियाका संचालक सान नेपाल, धिमधिमे युवा क्लबका अध्यक्ष प्रविण बस्नेत, जेसीज वर्ष-२०२० का अध्यक्ष तारा कुमार श्रेष्ठ लगायत जेसीज का सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जेसी ध्रुर्वचन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सप्ताह मुल संयोजक जेसी प्रकाश भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया