Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

शान्ति सुब्बा
गौरादह, २४ कार्तिक २०७८। प्रत्येक वर्ष झैं यस वर्ष पनि गौरादहमा छठ पुजा गरिन लागिएको छ । छठ पुजाका लागि भक्तजनहरुले गौरादह नगरपालिका-१ स्थित खोना शाहको पोखरीका घाट सजाएर सम्पूर्ण तयारी पुरा गरेका छन्। व्रतालुहरु आफू पनि सजिसजाउ भई पूर्ण रुपमा शुद्धताका साथ ठेकुवा, भुसुवा, खाजा र पुरी लगायतका सम्पूर्ण पुजाका सामग्रीहरु तयार पारेर घाटमा लगि पूजा गर्ने तयारी गर्दैछन् ।

छठ पर्व निकै कठिन पर्व मानिन्छ । मूख्य गरि चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि व्रत बसी राती ‘खीर पुरी बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै आजको दिन ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । सन्तान प्राप्तिका लागि, परीवारको स्वास्थ्यका लागि, कसैले आफ्नो मनोकामना पुरा होस भन्ने हेतुले भाकल गरि पनि यो पर्वको कठोर व्रत बस्ने गर्दछन् ।

यस्तै, गौरादह-१ कि निरञ्जन नायक आफु विगत १० वर्ष भन्दा अघि देखि छठ पर्वको व्रत बस्दै आएको बताउँदै छठ पर्वको व्रत वस्दा लक्ष्मी पुजा अघि देखि नै मासु माछा खान छोडेको बताउनुभयो । छठ पूजाका लागि मूख्य गरि ४ दिन सम्म विभिन्न विधि अपनाउँदै सोमबार पहिलो दिन नहाय खाय विधि अर्थात नुहाएर चोखो भई लौका भात खाएको बताउनुभयो । यस्तै, दोस्रो दिन मंगलबार खरना विधि अर्थात दिनभर व्रत बसेर बेलुका सखरमा हालेर खिर पकाएर देउतालाई चढाएर राती कसैले नदेखी कसैको आवाज नसुन्ने गरि खिर खाएर खरना विधि गरेको बताउनुभयो ।

आज(बुधबार) दिनभर भोकै पानी पनि नखाई व्रत बस्ने र आफुले तयार पारेका पुजाका सामग्रीहरु ठेकुवा, भुसुवा, खाजा, स्याउ, केरा, उखु लगायतका सामग्रीहरु घाटमा लगेर पुजा गरी साझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र घर आएर पूजा गर्ने भजन गाउने जाग्राम बस्ने र भोलि बिहान सोहि पूजाका सामग्रीहरु घाटमा लगी पूजा गरेर उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने बताउनुभयो । व्रतालु नायकका अनुसार आफूले छठ पर्वको व्रत आफ्नो परीवार र आफ्नो स्वास्थ्यको कामना गर्दै बसेको बताउँदै कतिले भाकल पुरा होस भन्दै छठको व्रत बस्दै आएको बताउनुभयो । आफूले जे चितायो भगवानले पुरा गर्दै आएको विश्वासले पनि आफूले यति कठोर बस्दै आएको उहाँले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, यस पर्वमा भक्तालुजनहरु घाटमा नै जाग्राम बस्ने, भजन र्कितन, नाँचगान गर्ने लगायतका क्रियाकलाप पनि गर्दै आएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया