Online Bichar
शनिबार, माघ ०५, २०८१ | Saturday, January 18, 2025

गौरादह, २३ कार्तिक २०७८ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-५ का ४२ वर्षिय कुमार माझी भन्ने लाल बहादुर माझीलाई आज(मंगलबार)प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाको २०७२ जेठ २७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा सजाय सुनाएसँगै माझी फरार रहेका थिए । उनलाई झापा जिल्ला अदालतले चार वर्षको कैद सजाय सुनाएको थियो । फरार माझीलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पक्राउ गरि जिल्ला अदालत भद्रपुरमा पेश गरिएकोमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आए पश्चात कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया