Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

झापा, २३ कात्तिक २०७८ । मोरङ कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् । घाइते कैदीको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबार बिहान खाना खाने समयमा भएको झडपमा चौकीदार किरण गुरुङसहित शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरुङले आफूहरूलाई यातना दिने गरेका कैदीबन्दीको आरोप छ ।

 

तपाईको प्रतिक्रिया