Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, २१ कार्तिक २०७८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलनका थप कार्यक्रमबारे नेपाल बार एशोसिएशनले आजदेखि आन्तरिक छलफल गर्दैछ ।

आन्दोलनका थप कार्यक्रम तय गर्न बारले देशभरका ९० वटा इकाईका पदाधिकारीसँग आज र भोलि छलफल गर्ने भएको हो । छलफलपछि आन्दोलनका नयाँ र सशक्त कार्यक्रम तय गरिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

बारले यसयघि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत र बार परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेको थियो ।

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बार एशोसिएशनले यसअघि नै घोषणा गरिसकेको छ । प्रधानन्यायाधीश राणाले भने राजीनामा नदिने अडानमा हुनुहुन्छ ।

उहाँले सर्वोच्चकै न्यायाधीशहरुको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावसमेत अस्वीकार गरिसक्नुभएको छ । राणाले बैशाखपछि राजीनामा दिने आशय व्यक्त गर्दै आउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया