Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १२ कार्तिक २०७८ । झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । आज(शुक्रबार)बिहान अन्दाजी ८ बजेको समयमा भएको दुर्घटनामा गौरादह-५ का ४० वर्षिय भानु खत्री अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गौरादह-४ को स्कुलचौन-धरधरे सडकखण्डमा विपरित दिशाबाट आएका मे.९.प २७०३ र मे.६.प ५४१६ नम्बरको दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भई मे.९.प २७०३ को मोटरसाइकलमा सवार चालक अधिकारीको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स्व. अधिकारी नेपाली काँग्रेस १४ औं महाधिवेशन निर्वाचन क्षेत्र नं. ५ क क्षेत्रीय सदस्य उम्मेदवार रहेका थिए । यस्तै, सो दुर्घटनामा मे.६.प ५४१६ मोटरसाइकल सवार चालक गौरादह-५ का ३० वर्षिय अनुप राजवंशी र पछाडी सवार वर्ष १६ का ललित शर्मा घाइते भएका छन् । दुईजना घाइते मध्ये चालक राजवंशीको अवस्था गम्भिर रहेको र अर्कोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया