Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ८ कार्तिक २०७८ । कोभिड–१९ संक्रमणका कारण सात महिनादेखि लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । पहिला नै आवेदन दिएका सेवाग्राहीहरूको लिखित तथा प्रयोगात्मक परीक्षा गत भाद्र २० गतेदेखि सञ्चालन हुँदै आएको छ ।

अधिकांश आवेदकहरूको परीक्षा सकिएकाले लाइसेन्सको नयाँ आवेदन यसै साता खुल्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसाल बताउनुहुन्छ ।

७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने बताएको विभागले आफ्नै निर्णय संशोधन गरेको छ । देशभर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ वटा छन् ।

पुराना आवेदकहरूको परीक्षा सकिन लागेको कार्यालयहरूमा काम नभएर खाली बस्नुपर्ने अवस्थालाई मध्यनजर गरी नयाँ आवेदन खोल्ने परिस्थिति बनेको विभाग बताउँछ ।

अहिले विज्ञापन खुलेर नयाँ आवेदन दिनेहरूको ट्रायल दिने पालो चार महिनापछि मात्र आउने विभागले जनाएको छ । यद्यपि आफूहरू छिट्टै गर्ने प्रयासमा रहेका उहाँले बताउनुभयो ।

तर, उपत्यका बाहिरबाट आवेदन दिनेहरूको पालो भने चाँडै आउने विभाग बताउँछ । विभिन्न प्राविधिक कठिनाइ देखाएर सरकारले लाइसेन्स वितरण ठप्प गर्दा सेवाग्राही मारमा पर्दै आएका थिए ।ईमेजखबरबाट साभार

 

तपाईको प्रतिक्रिया