झापा, ५ असोज २०७८ । सुनसरी कोसी गाउँपालिका-८ भाण्टाबारी चोक स्थित पूर्व९पश्चिम राजमार्गमा अन टेस्ट स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका १ की २६ वर्षीया सासा लिम्बु रहेकी छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको उक्त स्कुटर बिहीबार राती साढे ११ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । सो दुर्घटनामा स्कुटर पछाडि सवार बुद्दशान्ति गाउँपालिका-१ की २७ बर्षीया रेणु गुरुङ भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






