Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

काठमाडौं, ४ कार्तिक २०७८ । फेसबुकले ब्रान्डको नामलाई परिवर्तन गर्ने तयारी गरेको छ । द भर्ज म्यागजिनका अनुसार मेटाभर्स परियोजनालाई लक्षित गरी कम्पनीले आगामी साता नाम बदल्न लागेको हो ।

सीईओ मार्क जुकरबर्गले आगामी २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएको जनाइएको छ । नाम परिवर्तनको विषय उक्त कार्यक्रमअघि नै घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।

सन् २०१५ मा गुगलले प्यारेन्ट कम्पनीको नाम अल्फाबेट बनाएकै मोडेलमा फेसबुकले पनि आफ्ना लोकप्रिय एपहरु फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलाई मेटाभर्सकै कम्पनी मातहत ल्याउन सक्ने अपेक्षा गरिएको छ । अहिले यी सबै एपहरु फेसबुक अन्तर्गत चलिरहेका छन् ।

पछिल्लो समय ‘मेटाभर्स’बारे विश्व्यापी बहस भैरहेको छ । फेसबुकले यसमाथि लगानी गर्ने कुरा सार्वजनिक भएपनि चर्चा बढेको छ । फेसबुकले मेटाभर्स विकासको लागि युरोपमा १० हजार जनालाई रोजगारी दिने घोषणा गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया