Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

डुडामारी (शिबसताक्षी), २६ असोज २०७८ । मेची महाकाली बुहारी संयुक्त आवाज दमक शाखाले क्यानसर पीडित ३५ महिनाकी जेसिका विश्वकर्माको उपचारमा आर्थिक सहयोग गरेको छ ।

झापाको शिबसताक्षी–८ श्रीजंघा चौकका ३५ महिनाकी क्यानसर पीडित जेसिकाको घरैमा पुगेर मेची महाकाली बुहारी संयुक्त आवाजले रु १५ हजार १ सय नगदसहित खाद्यान्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।

मेची महाकाली बुहारी संंयुक्त आवाज दमक शाखाको तर्फबाट अध्यक्ष जमुना निरौला अधिकारीको नेतृत्वमा सिता अधिकारी तिम्सिना, रिना राई, अनु ओडारी, जुनु भट्टराई, चम्पा दाहाल र शुशिला कार्की बस्नेतको टोलीले क्यानसर पीडित जेसिकासहित आमा सितालाई सो नगद सहयोग तथा खाद्यान्य सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।

सो अवसरमा संस्थाकी अध्यक्ष जमुना निरौला अधिकारीले मानवीय सेवाप्रति मेची महाकाली बुहारी संयुक्त आवाजले देशभरी सकारात्मक मन, विचार र भावनासहित सहयोग अभियान सञ्चालन गरिरहेको बताईन् । एउटालाई समस्या आइपर्दा अर्काले सहयोग गर्न सक्नु मानवीय कार्य हो, जमुनाले भनिन्–यो जटिल रोगसँग जीवन मरणको दोसाधमा परेको एउटी शिशुको उपचारमा सकेको सहयोग गर्न सक्नु पर्दछ ।

अध्यक्ष अधिकारीले दमकसहित आसपासको क्षेत्रमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको मेची महाकाली बुहारी संयुक्त आवाजले झापा लगायत देशभरीको विभिन्न जिल्लामा महिला र बालबालिकाको अधिकार सम्बन्धी कार्य गरिरहेको बताईन् । उनले जेसिकाको उपचारमा सानै भएपनि सहयोग गर्न अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिन् । ‘हाम्रो सानो प्रयासले कोही कसैको निभ्न लागको जीवन फेरी उज्यालो हुन सक्छ भने हामी सवै मिलेर सहयोग गरौ, अधिकारीले भनिन् ।

कमजोर आर्थिक अवस्थाका जेसिकाको परिवारले उपचारमा आर्थिक समस्या भएको र सहयोग गर्न अपिल गरेका थिए । जेसिकाकी एक दिदी र आमा सिता विश्वकर्म छन् । उनका बुबा बैदेशिक रोजगारको शिलशिलामा छन् ।

बस्ने घरसम्म नेपाल सरकारले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरिदिएको छ । ‘बस्ने घर पनि सरकारले बनाइदिएको हो’, जेसिकाकी नातेदार मोहन सेनचुउरीले भने–’घर भएको जमिन मात्रै हो, अरु खेतबारी छैन् ।’

एक वर्षअघि जेसिकाको आँखामा समस्या भएको आमा सिताले बताईन् । सिताको अनुसार छोरीलाई आँखामा समस्या देखियो । आँखामा समस्या भएपछि नजिकैको अस्पतालमा पुर्याएको सिताले बताईन् । केही अस्पतालहरु लैजादा(लैजादै धेरै खर्चहरु भयो तर आँखामा भएको समस्यामा खासै सुधार
भएन, सिताले भनिन्–’निकै समस्या भएपछि डाक्टरको सल्लाह अनुसार विर्तामोडस्थित पूर्वाञ्चाल क्यानसर अस्पतालमा पुर्र्याए ।’ सो अस्पतालले छोरीलाई आँखामा ट्युमर पलाएको र त्यसको अप्रेशन गर्नुपर्ने डाक्टरले सुझाए ।

जेसिकाले हाल, ८ वटा केमु चढाइसकिन् । अझै, ४ वटा केमु चढाउन बाँकी नै छ । उनको उपचारमा अझै थप रकम आवश्यक पर्ने आमा सिताले बताईन् । घरायसी अवस्था कमजोर छ, सिताले भनिन्–’श्वास रहेसम्म आश हुन्छ । छोरीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केमु नियमित दिइरहनु भन्ने डाक्टरको सल्लाह छ ।’

यता, जेसिका बचाउ अभियान मार्फत उपचारमा लाग्ने खर्च जुटाउदै लगिएको पत्रकार एबम् अभियानकर्मी गोविन ल्वागुनले बताए । ‘उपचारमा आर्थिक सहयोग जुटाउनलाई जेसिका बचाउ अभियानले सामाजिक सञ्जाल मार्फत प्रयासहरु भइरहेको छ’, ल्वागुनले भने ।

सहयोग हस्तान्त्रणपश्चात जेसिकाकी आफन्त नातेदार मोहन सेनचुउरीले मेची महाकाली बुहारी संयुक्त आवाज मार्फत सवै दिदी बहिनीहरुलाई धन्यवाद व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया