Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

अनलाइन विचार
गौरादह, २६ असोज । महाअष्टमीको अवसर पारेर झापाको जनता माध्यमिक विद्यालय गौरादह–१ मा पूर्व विद्यार्थी मिलन कार्यक्रम हुने भएको छ । जनता मावि पूर्व विद्यार्थी तथा सरोकार समितिको आयोजनामा असोज २७ गते बुधबार दिनको १ बजे र्पूर्व विद्यार्थी, शिक्षक कर्मचारी र सरोकारवालाहरु बीच पुनर्मिलन कार्यक्रम सम्पन्न हुने भएको हो ।

२०२४ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययन गरेर हाल देश विदेशका विभिन्न स्थानमा रहेका पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरु बीच दशैंको अवसर पारेर भेटघाट र शुभकामना आदानप्रदान गर्ने मुख्य उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको तदर्थ समितिका संयोजक कृष्ण कुमार कार्कीले जानकारी गराउनु भयो ।

वहाँका अनुसार विद्यालयमा हुने पुनर्मिलन कार्यक्रमको बिस्तारित भेलाले भोलि नै जनता मावि पूर्व विद्यार्थी तथा सरोकार समाजको नयाँ कार्यसमिति चयन समेत गर्नेछ । संयोजक कार्कीले अनलाइन विचार डिजिटल खबर पत्रिकासंग कुरा गर्दै जनता माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी, शिक्षण गरेका पूर्व शिक्षक, कर्मचारी तथा सरोकारवाला सबैलाई कार्यक्रममा उपस्थितिका लागि आह्वान समेत गर्नुभएको छ ।

जनता माविको पूर्व वद्यार्थी तथा सरोकार समाजले बिगतदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद लगाएतका बिभिन्न क्षेत्रमा रचनात्मक क्रियाकलापहरु गर्दै आएको छ ।
समाजले यस बर्ष पनि आउँदो कार्तिक १४ गतेबाट विद्यालयको खेलमैदानमा तिहार तथा छैठको अवसर पारेर अन्तर पालिका झापा जिल्ला स्तरीय भलिवल प्रतियोगिता संचालन गर्ने भएको छ ।

पूर्व विद्यार्थी तथा सरोकार समाजको प्रारम्भिक भेलाले असोज १२ गते खेलकुद उपसमिति समेत गठन गरेर पालिकाहरुलाई सहभागिताको पत्रचार गर्ने लगाएतका कामहरु अगाडि बढाइसकिएको खेल संचालन प्राविधिक समितिका संयोजक भेषराज काफ्लेले बताउनुभयो ।

पुनरर्मिलन कार्यक्रमलाई रोचक तथा मनोरञ्जनात्मक बनाउन गीत संगित, साहित्य, कलाकारिता लगाएतका बिभिन्न क्षेत्रका प्रस्तुतिहरु समावेश गरिने तदर्थ समितिका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया