Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, २५ असोज २०७८ । नेपाल सरकारले देश भित्र बसोबास गर्ने तोकिएको उमेर समूह, लक्षित समुदाय, लिङ्ग, अशक्त, अपाङ्ग लगायतका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । नागरिकले सम्मान पूर्वक जीवन जीउन सकुन भनेर देश भित्रका जेष्ठ नागरिक, अन्य जेष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख आदिवासी जनजाति र बालबालिकालाई राज्यले मासिक भत्ता उपलब्ध गराउँदै आएको हो ।

२०५१ सालदेखि सरकारले मासिक रुपमा नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सुरु गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरणलाई थप व्यवस्थित बनाउन पछिल्लो समयमा बैंकिङ्ग प्रणाली लागू गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको सुरुवाती समयमा गाविसबाट नगदै वितरण गरिंदै आएको थियो । बिगत बर्षहरुमा गाविसबाट हातहातै नगद वितरण गरिंदा पारदर्शि नभएका कारण अहिले बैंकिङ्ग प्रणाली लागु गरिएको छ । तर बैंकको पहुँच नभएका स्थानीय तहहरुमा अहिले पनि स्थानीय सरकारको वडा कार्यालयबाट भत्ता वितरण गरिंदै आएको छ ।

गौरादहमा सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था ः

झापा जिल्लाको गौरादह नगरपालिकामा पनि केही बर्ष अगाडिसम्म भत्ता प्राप्त गर्नेहरुको प्रत्यक्ष उपस्थितिमा नगदै वितरण गरिंदै आएको थियो । गौरादहमा सामाजिक सुरक्षा भत्ता २०७६ सालदेखि पूर्णरुपमा बैंकिङ्ग प्रणालीबाट वितरण गरिंदै आएको छ । नगरपालिकाले वडा कार्यालयहरुलाई आफ्नो वडालाई पायक पर्ने बैंकमा भत्ता पाउन योग्य नागरिकहरुलाई खाता खोल्न लगाई भत्ता वितरण गर्दैछ ।
गौरादह नगरपालिका भित्रका ९ वटा वडाले ६ वटा बैंकबाट भत्ता वितरण गरिरहेको छ । वडा नं. १ र ३ ले कृषि विकास बैंक, २ नं. वडाले शिद्धार्थ बैंक, वडा नं. ४ ले प्राइम बैंक, वडा नं. ५ र ६ ले एन.आई.सि एशिया बैंकबाट, वडा नं. ७ र ८ ले ग्वालडुब्बा प्राइम बैंक र ९ नं. वडाले बैगुन्धुरामा रहेको एक्सेल बैंकबाट भत्ता वितरण गरिरहेको छ ।
गौरादह नगरपालिका भित्र आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता पाउनेको हाल अध्यावधिक गरिएको तथ्यांक अनुसार कुल संख्या ५ हजार ८ सय २० जना लाभग्राही रहेको नगरपालिकाले जनाएको छ । गौरादह नपाले नेपाल सरकारबाट तोकिएका सात वटा विशिष्ट शीर्षकमा तोकिएको मापदण्डमा पर्ने नागरिकहरुलाई भत्ता वितरण गर्दै आएको छ ।
जसअन्तर्गत ७० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुको संख्या वडा नं. १ मा ५ सय १९ जना, वडा नं. २ मा २ सय ६० जना, वडा नं. ३ मा ३ सय ३ जना, वडा नं. ४ मा ५ सय ८२ जना, वडा नं. ५ मा ४ सय ८९ जना, वडा नं. ६ मा ३ सय १२ जना, वडा नं. ७ मा ४ सय २८ जना, वडा नं. ८ मा २ सय ५२ जना र वडा नं. ९ मा ४ सय ६५ गरि ३ हजार ६ सय १० जना रहेका छन् ।
यस्तै, जेष्ठ नागरिक भत्ता दलित अन्तर्गत वडा नं.१ मा २८ जना, वडा नं. २ मा १६ जना, वडा नं. ३ मा २० जना, वडा नं. ४ मा ३२ जना, वडा नं.५ मा ३० जना, वडा नं. ६ मा २५ जना, वडा नं. ७ मा १५ जना, वडा नं. ८ मा ९ जना र वडा नं. ९ मा १४ जना गरि १ सय ८९ जना रहेका छन् ।

यस्तै, नगरपालिका भित्र रहेका जेष्ठ नागरिक एकल महिला अन्तर्गत वडा नं. १ मा ९३ जना, वडा नं. २ मा ५५ जना, वडा नं. ३ मा ५० जना, वडा नं. ४ मा ८० जना, वडा नं. ५ मा १ सय २ जना, वडा नं. ६ मा ७४ जना, वडा नं. ७ मा ९३ जना, वडा नं. ८ मा ६६ जना, र वडा नं. ९ मा ६७ जना गरि ६ सय ८० जना रहेका छन् ।
यस्तै, विधवा महिला अन्तर्गत वडा नं. १ मा १ सय १६ जना, वडा नं. २ मा ६६ जना, वडा नं. ३ मा ५७ जना, वडा नं. ४ मा ७४ जना, वडा नं. ५ मा १ सय ८ जना, वडा नं. ६ मा ९२ जना, वडा नं. ७ मा १ सय २५ जना, वडा नं. ८ मा ६५ जना र वडा नं. ९ मा ८६ जना गरि ७ सय ८९ जना रहेका छन् ।

यस्तै, क वर्ग अपाङ्ग भएका नागरिकहरु अन्तर्गत वडा नं. १ मा २२ जना, वडा नं. २ मा ३ जना, वडा नं. ३ मा १५ जना, वडा नं. ४ मा १७ जना, वडा नं. ५ मा २२ जना, वडा नं. ६ मा १६ जना, वडा नं. ७ मा १४ जना, वडा नं. ८ मा १२ जना र वडा नं. ९ मा ९ जना गरि १ सय ३० जना रहेका छन् ।
यस्तैगरि, ख वर्ग अपाङ्ग भएका नागरिकहरु अन्तर्गत वडा नं. १ मा २४ जना, वडा नं. २ मा ९ जना, वडा नं. ३ मा १६ जना, वडा नं. ४ मा ३० जना, वडा नं. ५ मा ३६ जना, वडा नं. ६ मा २३ जना, वडा नं. ७ मा २३ जना, वडा नं. ८ मा १२ जना र वडा नं. ९ मा १९ जना गरि १ सय ९२ जना रहेका छन् ।

दलित बालबालिका अन्तर्गत अनुसूची ५ बमोजिम नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देश भरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तान अन्तर्गत वडा नं.१ मा ३४ जना, वडा नं. २ मा १८ जना वडा नं. ३ मा १९ जना, वडा नं. ४ मा २९ जना, वडा नं.५ मा ३२ जना, वडा नं. ६ मा ३५ जना, वडा नं. ७ मा ४३ जना, वडा नं. ८ मा ६ जना र वडा नं. ९ मा १४ जना गरि २ सय ३० जना रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नागरिकका समस्या
नेपाल सरकारले वृद्ध वृद्धा देखि समस्यामा परेका लक्षित समुदाय, एकल महिलाहरु, लोपोन्मुख जाति तथा बालबालिकाहरुलाई सहजताका लागि भत्ता उपलब्ध गराउँदै आएको छ । सरकारले सहज रुपमा भत्ता उपलब्ध गराउने बिभिन्न विकल्पहरुको एद्घोष गरेता पनि प्रयोगमा भने व्यवहारिक कठिनाईहरु भने थुप्रै देखिएका छन् ।
सरकारले नीति निर्माणको सैद्धान्तिक पाटाहरुमा हरेक बर्ष सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थित बनाउँदै पारदर्शी ढंगबाट वितरण गर्ने भन्ने लक्ष्य लिइएको हुन्छ । विशेष गरि वृद्ध वृद्धाहरुलाई बैंकिङ्ग प्रणाली लागू गरिंदा बैंक सम्म आएर भत्ता बुझ्न समस्या भएको जेष्ठ नागरिकको भनाइ छ ।
बैंकहरु बजार क्षेत्रमा रहने र भत्ता लिने नागरिकहरु टाढा गाउँमा रहने भएकोले बैंकसम्म हिंडेर आउनुपर्ने बाध्यता रहेको छ । विशेषगरि बैंकहरु माथिल्लो तलामा रहने भएकाले जेष्ठ नागरिक मैत्री र अपाङ्ग मैत्री नहुँदा आँखा कमजोर भएका, लौरो टेक्दै गाउँबाट आएका वृद्ध वृद्धाहरुलाई लाईनमा बसेर घण्टौ समय सम्म पर्खनुपर्दा अर्को समस्या रहेको गौरादह-२ का जेष्ठ नागरिक कर्ण बहादुर खड्काले बताउनुभयो ।
यस्तै,गौरादह-१ का ७५ वर्षिय श्यामलाल चौधरीले वृद्ध भत्ता वितरण कार्य बैंकिङ्ग प्रणालीबाट सहज भएता पनि अहिले चाडपर्वको मुखमा भत्ता नपाउनु दुखदायी भएको बताउनुभयो ।
अन्य समयमा केहि दिन ढिला भएता पनि चाडपर्वको समयमा अगाडि नै भत्ता पाउनुपर्ने उहाँको भनाइ छ । सामाजिक सुरक्षा भत्ताले गरिब दुखि काम गर्न नसक्ने नागरिकहरुलाई सहारा बनेकाले यसलाई समय अनुकुल नागरिकहरु समक्ष वितरण गरिनुपर्ने उनको भनाइ छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया