झापा, २१ असोज २०७८। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ को नमस्ते प्लाइ फ्याक्ट्रीमा बिहिबार साँझ ६ बजे आगलागी भएको छ । बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको बारुण यन्त्रले राती साढे ८ बजे आगो नियन्त्रणमा लिएको इप्रका बिर्तामोडका डिएसपी शन्तोष आचार्यले जानकारी दिए ।
उद्योगको मेशिनबाट आगलागी भएको अनुमान गरिएको छ । उद्योगको उत्पादन कक्ष जलेर नस्ट भएको छ भने गोदाम जोगिएको छ । आगलागीबाट ६० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी आचार्यले जनाए ।सजिलोखबरबाट