Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

बिनिता निरौला
गौरादह, २१ असोज २०७८ । नेपाली कांग्रेसका केन्द्रीय प्रबक्ता विश्व प्रकाश शर्माले पार्टीलाई सुदृढ बनाउन जनताको मनोभावना जित्ने काममा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन। झापाको गौरादह नगरपालिका वडा नं.३ को धोबिनियामा नेपाली कांग्रेसको वडा पार्टी कार्यलय उद्घाटन गर्दै प्रबक्ता शर्माले बर्तमान समयमा हरेक क्षेत्रमा प्रतिस्पर्धा भइरहेकाले पार्टी नेता कार्यकर्ताले अधिबेशनको समयमा राजनीतिक प्रतिस्पर्धा गरे जस्तै जनताका दुख सुखमा साथ दिन पार्टीले गरेका राम्रा कामलाई जनतामाझ लैजान पार्टीका कार्यकर्ता सक्रिय हुनु पर्ने बताएका छन।

बिकाश निरंतर चलिरहने प्रक्रिया भएकाले मुलुकको बिकाशमा कांग्रेसले योगदान पुर्याएको बताउदै दिगो बिकाशको कामको सुरुवात कांग्रेसले गरेको दाबी गरेका छन।प्रजातन्त्र पछि बनेको कांग्रेसको सरकारले बिकाशको लहर चलाएको धारणा राख्दै लामो समय मुलुक हिंसा र दन्दमा फसेकाले त्यसबाट बिकाशमा असर परेको धारणा राखेका थिए।नेपाली कांग्रेस पार्टीको सरकार बनेपछि सरकारले गरेका राम्रा काम जनतालाई बुझाउन नसक्दा पार्टी पछाडि परेको धारणा राख्दै संघिय लोकतान्त्रीक व्यवस्था ठिक भएपनि अवस्था ठिक नभएको बताएका थिए।पार्टीलाई रुपान्तरण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउदै आफ्नै पार्टीको आन्तरिक झगडाका कारण २ तिहाइ बहुमतको ओली नेतृत्वको सरकार ढलेको बताएका छन।नेताहरुमा अहंकार र घमण्ड बढ्दै जाँदा ५ बर्षलाई सरकार चलाउने जिम्मा पाएको कम्न्युस्ट सरकार ३ बर्षमा बिदा भएको बताएका छन।

नेपाली कांग्रेस पार्टी अभिभावक भएको बताउदै जनताले लगातार १५ बर्ष मुलुक चलाउने जनादेश दिएमा देशको मुहार फेरिने धारणा राखेका छन। त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य दिलिप कुमार बान्तवा राई, पार्टीका जिल्ला उपाध्यक्ष राम कट्टेल, जिल्ला सदस्य राम कुमारी पौडेल,क्षेत्रीय सभापति ढुन्डी भण्डारी, पार्टीका महादिबेशन प्रतिनिधि डा। खगेन्द्र पाण्डब अधिकारी, गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह, जनप्रतिनिधिका तर्फबाट गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, लगायतले शुभकामना मन्तब्य राखेका थिए।नेपाली कांग्रेस वडा नं.३ का वडा सभापति गोपाल बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ईन्दिरा पोख्रेलले स्वागत मन्तब्य राखेकी थिइन।

तपाईको प्रतिक्रिया