Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, १८ असोज २०७८ । झापाको गौरादहमा स्काउट अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १ को सभाहलमा सोमबार(आज)सम्पन्न कार्यक्रममा स्काउट सम्बन्धि अन्तरक्रिया गरिएको थियो । गौरादह नगर स्थानीय स्काउट समितिद्वारा आयोजना गरिएको कार्यक्रममा प्रदेश स्काउट मास्टर सन्तोष घिमिरे र बादल देवानले उपस्थित विद्यार्थी र शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रशिक्षकद्वयले स्काउट भनेको के हो? स्काउटका नियम, महत्व र आवश्यकताको बारेमा बताएका थिए । यस्तै, बालबालिकालाई आत्मनिर्भर कसरी बनाउने? समस्यासँग जुध्न कसरी सिकाउने? व्यवहारीक सीप कसरी दिने? चरित्रवान् कसरी बनाउने? विषयमा चर्चा गरेका थिए । उनिहरुका अनुसार विद्यालयको पढाइसँगै हरेक बालबालिकालाई स्काउटमा प्रशिक्षित गर्नुपर्ने धारणा रहेको छ । स्काउटले बालबालिकाको फरक क्षमता प्रस्फुटन गराउने, सीमित स्रोत साधनको प्रयोगबाट कसरी आफ्नो काम सम्पन्न गर्ने, कसरी बाँच्ने भन्ने जीवनउपयोगी कुरा सिक्न सकिने बताएका थिए ।

प्रशिक्षक घिमिरेका अनुसार स्काउटमा विद्यालयको कोर्षभन्दा बाहिरको व्यवहारिक कुरामा जोड दिइने भएको र पछिसम्मलाई काम लाग्ने कुरा सिकाइने भएकाले नैतिकवान, चरित्रवान, स्वावलम्बी, अनुशासित, नेतृत्व गर्न सक्ने, एउटा योग्य नागरिक बन्न सहयोग पुर्याउने भएकोले बालबालिका र युवाहरुलाई स्काउट महत्वपूर्ण रहेको बताएका थिए । स्काउटले बालबालिकाका लागि सही मार्गदर्शन गर्न सक्ने भएकोले विद्यालयमा अझ यसको महत्व रहेको बताएका थिए । स्काउटको मुख्य उद्देश्य भनेको व्यक्तिगत विकास भएकोले कोही समस्यामा पर्दा र असहज स्थिति मा रहेकालाई सहयोग गर्न तत्पर हुन स्काउटले प्रेरित गर्ने भएकोले स्काउटको आवश्यता रहेको बताइएको छ ।

यस्तै, गौरादह नगर स्थानीय स्काउट समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति गंगा कार्कीले स्काउटले सबैसँग समान व्यवहार गर्न सिकाउने, आपसमा घुलमिल हुने बानीको विकास गराउनुका साथै, स्काउटले भावनात्मक रुपमा बलियो र शारीरिक रुपमा सक्रिय बनाउने भएकाले पनि अहिलेका बालबालिकाका लागि अपरिहार्य भएको बताउनुभयो ।

यस्तैगरी, कार्यक्रममा स्काउट भनेको एक अर्कालाई सेवा र सहयोग गर्दा र त्यसको बदलामा आफुले पनि सहयोग पाइन्छ भन्ने कुरा सिक्ने मौका पाएको एक विद्यार्थीले बताएका छन् । प्रमुख अतिथि गौरादह-४ का वडाध्यक्ष मणिन्द्र कार्की रहेको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरु, गौरादह नगर स्थानीय स्काउट समितिका सदस्य चुडामणी अधिकारी, समर्पण खतिवडा, सुस्मिता भुजेल, विक्रम तिवारी र अरुणा भण्डारी लगायतले सहभागिता जनाएका थिए ।कार्यक्रममा प्रशिक्षकद्वयलाई अध्यक्ष कार्कीले मायाको चिनो प्रदान गर्नुभएको थियो । गौरादह नगर स्थानीय स्काउट समितिका सदस्य सचिव प्रकाश भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया