Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, १२ असोज २०७८। झापाको बिर्तामोडबाट १ सय ४६ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र सोही ठाउँका २४ वर्षीय विकास मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई बिर्तामोड नगरपालिका१ पन्चकन्या प्लटिङ बाट पक्राउ गरेको हो । प्रहरीले साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

यस्तैगरि, प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई थप अनुसन्धान गर्दा बिर्तामोड-९ १ मा डेरा गरी बस्ने मर्डीको कोठाबाट १४२ दशमलव ३७ मिलिग्राम ब्राउन सुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरिएको डिएसपी थापाले बताउनुभयो ।

यस्तै, प्रहरीले कोठाबाट एक थान डिजिटल तराजु, एउटा क्यामरा र एउटा मोटरसाइकल समेत बरामद गरेको छ । ब्राउन सुगरसहित नियन्त्रणमा लिएका दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया