Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बिर्तामोड, ११ असोज २०७८ । झापाको बुद्धशान्ति–७, सुनमाईमा सहासिक खेल गुलेली पिंङको सुरुवात भएको छ । सहासिक खेल खेल्नकै लागि विदेश र पस्चिम नेपालका ठाउँमा पुग्ने पूर्वेली पर्यटक, यूवाहरुको जोस हिम्मतलाई खेलको माध्यममबाट मनोरञ्जन दिलाउने उदेश्यले स्थानिय सुनिल ढुंगानाले कान्छा–कान्छी स्विङ संचालनमा ल्याएका हुन् ।

इन्डोनेशियामा प्रख्यात रहेको स्विङ खेल पूर्वनेपालमा आफूले पहिलो पटक संचालनमा ल्याएको ढुंगानाले बताएका छन् ।

केहीबर्ष अगाडी एक्सल बैंकमा काम गरेर त्यसछी बैदेशिक रोजगारीमा गएर फर्केर आएपछि आफ्नै देश र ठाउँमा रोजगारी सृजना गरेरअरुलाई पनि रोजगारी दिने संकल्पका साथ १ करोडको लागतमा सहासिक खेल स्थापना गरेको ढुंगानाले बताएका छन् ।

टिमाई खोलाको भिरमा बनाईएको ६० फिट अग्लो पिंङलाई उपकरण मार्फत तन्काएर छोडेपछि उछिटिएर मच्चिने पिंङ छोडने बेलामा ३ सेकेण्ड सम्म हुने कहाली लाग्दो डर नै यो खेलको मुख्य आर्कषण हो । खेल खेल्नको लागि मुटु दरोहुने १५ बर्ष देखि ६० बर्ष उमेर सम्मकाले खेल्न सक्ने छन् । एक पटकमा एक व्यक्तिले मात्र खेल्न सक्ने खेलका लागि सम्पूर्ण सुरक्षा मापदंण्ड पुरा गरिएको र १० लाखको विमा पनि सुरक्षित गरिएको संचालक ढुंगानाले बताए ।

सहासिक खेलहरुमा प्याराग्लाईङ, जीपलाईन, बञ्जी लगायतका खेल खेल्न किनै खर्चिलो हुने गरेको तर स्विङ खेल सर्वशुलभ शुल्कमा खेल्न सकिने गरि कान्छा–कान्छी स्विङ कम्पनीले एक व्यक्तिका लागि हाललाई रु ५ सय रुपियाँ शुल्क तोकेको छ ।आमसंचारबाट साभार

तपाईको प्रतिक्रिया