झगेन्द्र खड्का

गौरादह, ९ असोज २०७८ । नेपाली कांग्रेस गौरादहको नगर अधिवेशनमा सदस्य पद बाहेक अन्य पदमा निर्वाचन हुने भएको छ। शनिबार भएको नेमिनेशनमा प्रत्येक वडाबाट ५ जनाका दरले ४५ जना सदस्य छनौट हुनेमा आवश्यक पद र उमेदवारको संख्या बराबर भएकाले सदस्य पदमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत मोहोन कुमार अधिकारीले जानकारी गराए।

त्यसैगरी प्रदेश सभा क्षेत्रीय प्रतिनिधिको अपाङ्ग सिटमा इन्द्रमणी दहाल र पुर्णिामा राजवंशी सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत अधिकारीले बताए। नगरको सभापति, उपसभापति, सचिब र सह-सचिब पदमा आवश्यकता भन्दा बढी आकांक्षी भई उमेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको हो। सभापति पदमा एक जनाको लागि २ जनाको, उपसभापति पदमा २ जनाको लागि ४ जनाको उमेदवारी परेकोमा कोमल प्रसाद ढुङ्गानाले उमेदवारी फिर्ता लिएपछि ३ जना चुनावी मैदानमा उत्रिएका छन। सचिब पदमा २ जनाको लागि ४ जनाको र सह- सचिब पदमा २ जनाको लागि ३ जनको उमेदवारी परेपछि उमेदवार छनौटका लागि निर्वाचन हुने निर्वाचन अधिकृत अधिकारीले जानकारी गराए। उमेदवार छनौटका लागि निर्वाचन हुने भएपछि निर्वाचन स्थलमा सभापति पदमा बढी चर्चा चलेको छ।

वडाबाट छनौट भएका वडा सभापति, क्षेत्रीय प्रतिनिधि र कार्यकर्ताहरु बिच निर्वाचन स्थलमा निर्वाचन पछि मत परिणाम कास्तो आउँछ को बिजय होला भन्ने जिज्ञासा बढेको देखिन्छ। सभापति पदमा बढी प्रतिस्पर्धा हुने कार्यकर्ताको भनाइ छ। पार्टीका लागि दुबै उमेदवारको योगदान उतिकै रहेकाले छनौट गर्न सकस भएको कार्यकर्ताको भनाइ छ। केही कार्यकर्ताहरु सभापति नयाँलाई छनौट गर्नु पर्छ भनेर लागि परेका छन भने केही एकपटकका लागि पुरानैलाई अवसर दिनु पर्ने बताउँछन्। निर्वाचन स्थलमा कार्यकर्ताहरुको धारणा बुझ्दा केही कार्यकर्ताहरु यादब राज सेढाई बिजय हुने बताउँछन् भने अधिकांश कार्यकर्ताहरुको मुखमा गोपाल कोइरालाको बिजय निस्चित रहेको बताउँछन्।

उपसभापति पदमा मेघराज अधिकारी, कुन्दन गिरी, नरेश राजवंशी र उमेदवारी परेका छ। सचिब पदमा नेत्र बहादुर खड्का, सोम उप्रेती, माधब कोइराला र गुरु दयाल राजवंशीको उमेदवारी परेको छ।सह-सचिबमा उपेन्द्र ढुङ्गाना, ओम(विशाल)धमला र खड्ग नारायण ताजपुरियाको उमेदवारी परेको छ। उमेदवारहरु सबै योग्य रहेकाले कसलाई मतदान गर्ने भन्नेमा मतदाताहरु अलमलमा परेको देखिन्छ। निर्वाचन हुने पदमा तिब्र प्रतिस्पर्धा देखिएकाले निर्वाचन अगाडि को बिजय हुन्छ भन्नेमा यकिन गर्न नसकिएको कार्यकर्ताको भनाइ छ। निर्वाचन हुने पदमा कार्यकर्ता र मतदाताको रोजाईमा को-को पर्लान त्यसकालागि मत परिणामलाई नै पर्खनु पर्ने देखिन्छ। गौरादह नगरमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि सहित २ सय ४६ जनाले मतदान गर्ने छन।मतदान आइतबार हुने निर्वाचन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया

Comments