Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ८ असोज २०७८ । नारायणहिटी दरबार संग्रहालयभित्र राखिएको श्रीपेचमाथि एक युवकले खुकुरी प्रहार गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालय अवलोकनमा पुगेका ती युवकले सँगै राखिएको खुकरी निकालेर श्रीपेच राखिएको शीशाको बाकसमा प्रहार गरेका हुन् ।
शुक्रबार बिहान अवलोकनका लागि संग्रहालय पुगेका पश्चिम रुकुम मुसिकोट– ११ का २५ वर्षीय खिमबहादुर घर्तीले खुकुरी प्रहार गरी शीशा फुटाएर श्रीपेच निकाल्न खोजेका हुन् ।

यसअघि पनि संग्रहालय पुगेका घर्तीले तेस्रो प्रयासमा श्रीपेचमाथि प्रहार गरेको बताएका छन् । श्रीपेच निकाल्न खोज्ने उनलाई तत्कालै सुरक्षार्थ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

आफू राजा हुन आएको भन्दै ती युवकले श्रीपेच निकाल्न खोजेका थिए । श्रीपेच निकालेर लगाउने दाउमा उनी रहेको सुरक्षाकर्मीले बताएका छन् ।ईमेजखबरबाट साभार

 

तपाईको प्रतिक्रिया