Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ७ असोज २०७८ । प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्रिय ऋण उठाउने विधेयक पारित भएको छ ।

बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधकाबीच ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित भएको हो ।

बैठको सुरुवातमै एमालेको सांसदहरूले उठेर वेल घेर्दै नाराबाजी गरेको थिए । केही समय बस्नका लागि आग्रह गर्नुभएका सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदले नटेरेपछि बैठकको कारबाही अगाडि बढाउनुभएको थियो ।

दुवै विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेपछि बहुमतले अस्वीकृत भएको थियो । पारित भएका दुवै विधेयकलार्ई अब राष्ट्रियसभामा पठाइनेछ ।

यसअघि राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक, २०७८’ बुहमतले पारित भएको थियो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा त्यसको विषयमा पनि जानकारी गराइएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक २०७८ असोज ११ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।

 

तपाईको प्रतिक्रिया