Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

गौरादह, २ असोज २०७८ । झापाको गौरादहमा एकजना पुरुषले झुन्डिएर आत्महत्या गरेका छन् । गौरादह-१ घर भएका अन्दाजी ६० वर्षिय अशोक शाहले आज राति (शनिबार) झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

माउण्ट स्कुल जाने बाटो तिर चुडामणि बस्नेतको सटरमा चिया पसल सञ्चालन गर्दै आएका शाहले आफैले सञ्चालन गरिरहेको पसलको सटर भन्दा बाहीर प्लाष्टिकको डोरी लगाई झुन्डिएको अवस्थामा मृतकका छोरा ले फेला पारी गम्भिर अवस्थामा लाइफलाइन हस्पिटलमा लगेकोमा १०ः५० मा उनको मृत्यु भएको जनाइएको छ । घरायसी वादविवादका कारण उक्त घट्ना घटेको हुन सक्ने आशंका गरिएको छ । उक्त घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया